
मंगलवार , आश्विन २८, २०८२
काठमाडौं, २८ असोज । नेपाली काँग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीले मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
मंगवार पार्टी केन्द्रिय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसले मुलुक, लोकतन्त्र र नागरिक अधिकारलाई प्राथमकिता दिँदै आएको पनि बताउनु भयो ।
उहाँले मुलुकको वर्तमान राजनीतिक संकट र संवैधानिक विचलनको अवस्थाबाट कसरी अघि बढ्ने भन्नेबारे केन्द्रिय कमिटीको बैठकले ठोस निर्णय गर्ने पनि बताउनु भयो ।
उहाँकाअनुसार बैठकले पार्टीको महाधिवेशन नियमित समयमा गर्ने कि सार्ने विषयमा समेत निर्णय गर्नेछ । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले यसअघि नै नेतृत्व छोड्ने बताइसकेको उल्लेख गर्दै निश्चय पनि अगामी महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको इतिहासले के भन्छ भने पहिले हामीले मुलुकको बारेमा सोच्नुपर्छ । त्यसपछि हामीले ल्याएको डेमोक्रेसीको बारेमा सोच्नुप¥यो, यो देशका जनताका बारेमा सोच्नुप¥यो ।
त्यसपछि यी तीनवटै कुरालाई व्यवस्थापन गरेर पार्टीलाई अगाडि बढाउने बारेमा सोच्नुप¥यो । पार्टीलाई कस्तो बनाउँदा अहिलेको विषम परिस्थितिलाई हाँक्न सकिन्छ भन्नको लागि अहिले हामी केन्द्रिय समितिको बैठक शुरु गर्छौं ।
बैठकले निरन्तर महाधिवेशन वा विशेष महाधिवेशनको बारेमा टुंगो लाउँछौं । अहिले नागरिक अधिकार अस्तव्यस्त भएको छ । संविधानको विचल्ली छ । त्यसका लागि संविधानको रक्षा गर्दै नागरिक अधिकार संस्थागत गर्नुपर्छ ।
नेपाली काँग्रेस अरु पार्टी जस्तो होइन नि स्वयं सभापतिज्युले नै अब मैले छोड्छु भनिसक्नुभएको छ नि । स्वाभावैले समयअनुसार नेतृत्व परिवर्तन भइहाल्छ नि ।’
नेपाली काँग्रेसले अन्य राजनीतिक दलहरु र जेन—जी पुस्ताहरुसँग समेत सल्लाह गरेर संविधानमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले समानुपातिक सांसदहरुलाई कहाँ राख्ने र एउटै राजनीतिक दलको बहुमत कसरी आउनसक्छ भन्ने कुरालाई निकास दिनको लागि संसदबाट पास गर्नेगरी संविधान ब्युँताउन जरुरी रहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij