
मंगलवार , आश्विन २८, २०८२
काठमाडौं, २८ असोज । काठमाडौंको भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो शुरु भएको छ ।
मंगलवार एक कार्यक्रमबीच कृषि सचिव डा. गोविन्दप्रसाद शर्माले सो एक्स्पोको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै उहाँले सरकारले कृषि नीतिलाई व्यवसायीमैत्री बनाएको हुनाले पुष्प किसान पनि मारमा पर्ने अवस्था नरहेको बताउनु भयो ।
उहाँले किसान मर्कामा पर्ने अवस्था आउन नदिने गरी सरकारले आन्तरिक बजारको प्रवद्र्धनमा जोड दिने नीति ल्याएको पनि स्पष्ट पार्नुभयो ।
सचिव शर्माले भन्नुभयो,‘कृषि नीतिलाई समयसापेक्ष बनाएका छौं । त्यो पनि हामीले ३, ४ वर्ष लगाएर गरेका हौ । र त्यो नीतिको मूल उद्देश्य भनेको डोमेस्टिक प्रमोशन र नेशनल प्रोटेक्शनमा गएका छौं ।
अब कुनैपनि किसानहरुलाई हामी अनुमान मात्रै होइन, बजारमा लगेर पनि त्यसलाई राज्यले सुरक्षा दिने काम अव गर्नेछ । बाहिरको बजारबाट प्रोटेक्ट गर्न सकिएन भने त्यो अवस्थामा जति नै उत्पादन भएपनि चुनौति हुन्छ । किसान मर्कामा नै पर्दछन् । त्यसकारण अबको नीतिको मूल विशेषता भनेको त्यसैमा फोकस गरेका छौं ।’
चार दिनसम्म चल्ने मेलामा ७० वटा पुष्पका स्टलहरु रहेका छन् । ३५ हजार भन्दा बढिले अवलोकन गर्ने र यसले सो व्यवसायको बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij