
बिहिवार , आश्विन ३०, २०८२
भैरहवा, ३० असोज । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) क्रिकेटको अक्सनमा रुपन्देहीको भैरहवाका सलिम अली छनोट हुनुभएको छ । सिद्धार्थनगर नगरपालिका–६ निवासी अली मर्निङ क्रिकेट क्लबका सदस्य हुनुहुन्छ ।
नेपालकै सबैभन्दा ठूलो टेनिस बल क्रिकेट प्रतियोगिता मानिएको नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) को सोमबार सम्पन्न अक्सनमा सलिम अली छनौट हुनुभएको क्रिकेट खेलाडी दामोदर शर्माले बताउनुभयो । अलीलाई काठमाडौं किंग्सले खरिद गरेको उहाँले जानकारी दिनुभयो ।
भैरहवाका खेलाडी एनएसपीएलको अक्सनमा छनौट भएको खबर पाउँदा खुसीको अनुभुति भएको सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij