
शनिवार , कार्तिक १, २०८२
तिलोत्तमा, १ कार्तिक । रुपन्देहीको तिलोतमा नगरपालिका–७ स्थित चम्कीपुरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । चम्कीपुर टोल विकास संस्था अन्तर्गत बुद्ध टोलमा शान्ति सुरक्षा कायम राखौं भन्ने उद्देश्यले कार्यक्रम राखिएको समितिका संयोजक प्रेम जीएमले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले सरसफाई र हरियाली प्रवद्र्धन पालिकाको मुख्य कार्य भएकाले वातावरण संरक्षण तथा स्वास्थ्यका लागि यस्ता कार्यक्रम गरिरहनुपर्ने बताउनुभयो । उहाँले नगरभित्रका हरेक नागरिकले हातेमालो गरेर नै नगर सफा रहेको र उत्कृष्ट समेत भएको बताउनुभयो । नगरप्रमुख खाणले जन्मदिनमा बिरुवा रोप्ने पालिकाको नारा नै रहेकाले रुख विरुवा रोपी सुन्दर हरियाली नगर बनाउने र अक्सिजन समेत पर्याप्त पाइने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो ।
त्यस्तै वडाध्यक्ष देवी पंगेनीले वडाबासीको सक्रियताले हरेक काम गर्न सहज भएको र सफा वडा बनाउने लक्ष्य पूरा हुँदै गएको बताउनुभयो । उक्त टोलका प्रत्येक घरधुरीबाट नागरिक सहभागिता गराइ सरसफाई गरिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij