२०८२, कार्तिक १ गते

Oct 18 2025 | २०८२, कार्तिक १ गते

अगरबत्ती उद्योगमा भएको आगलागीबाट करौडौंको क्षति

शनिवार , कार्तिक १, २०८२

  • 448
    Shares
  • 448
    Shares
  • भैरहवा, १ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित भैयाटोल (चित्रगुप्त पथ) मा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको छ । शनिबार बिहान करिब ५ बजेको समयमा न्यू जय अम्बे अगरबत्ती तथा पुजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको हो । विद्युत सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

    आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेशिन, सिसिटिभी क्यामेरा, कम्प्यूटर लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् । उद्योगका सञ्चालक श्रीराम गुप्ताले आगलागीबाट करिब २ करोड ३२ लाख मूल्य बढीको क्षति बताउनुभयो ।

    सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीबासीको सहयोगमा आगो निभाइएको सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं विपद् व्यवस्थापन समितिका संयोजक मुक्तिनाथ यादव (भोला) ले बताउनुभयो । आगलागी बिहान ८ बजे मात्रै नियन्त्रणमा आएको स्थानीयले जनाएका छन्  ।