
आइतवार , कार्तिक २, २०८२
काठमाडौं, २ कार्तिक । १२ वर्षपछि हुन लागेको एशियाली युथ गेम्सको तेस्रो संस्करणमा नेपालका आठ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।
पछिल्लो संस्करण दोस्रो एशियन युथ गेम्स सन् २०१३ मा चीनको नानझियाङमा भएको थियो । सन् २०१० मा सिंगापुरमा सम्पन्न पहिलो युथ एशियन गेम्सदेखि नै नेपालले सहभागिता जनाउन थालेको हो । तर अहिलेसम्म पदक जित्न भने सकेको छैन ।
बहराइनमा हुने तेस्रो एसियाली युथ गेम्समा पनि नेपालबाट ६ खेलमा आठ खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । तर कुनै प्रभावकारी तयारीबिना नै नेपाली टोली सहभागी हुँदैछ । सरकार र जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक (एनआसी) बीच आन्तरिक द्वन्द्वका कारण १२ वर्षपछि हुन लागेको युथ एसियन गेम्समा सहभागिता नै अन्योलमा थियो ।
यद्यपि नेपालले ब्याडमिन्टन, जुडो, पौडी, मुवाँथाई, ई स्पोर्ट्स र गल्फ खेलमा चुनौती प्रस्तुत गर्नेछ । तेस्रो एसियाली युथ गेम्स आगामी कात्तिक ५ देखि १४ गतेसम्म बहराइनको मानामा हुने तय छ ।
उक्त युथ एशियन गेम्सको ब्याडमिन्टनमा सबिना श्रेष्ठ, गल्फमा रुबेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले नेपालको चुनौती प्रस्तुत गर्न लागेका हुन् ।
जुडोमा समिताले महिला ४४ केजीमुनि, पौडीमा आर्याले ५० मिटर फ्रिस्टाइल, अथर्वले एक सय मिटर फ्रिस्टाइल र गल्फमा व्यक्तिगत विधातर्पm प्रतिस्पर्धा गर्नेछन् ।
मुवाँथाईमा फाइटतर्पm गेन्जीले ४८ केजीमुनि र वाई क्रु (काता) मा पलिस्थाले नेपालको तर्पmबाट चुनौती प्रश्तुत गर्ने भएका छन् । ब्याडमिन्टनमा सबिनाले महिला सिंगल्समा खेल्नेछिन् । ई स्पोर्ट्समा काव्यराज आचार्यले ई फुटबलमा प्रतिष्पर्धा गर्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आईतवार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव एवं राखेपका सदस्य रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले टोलीलाई बिदाइ गरेका थिए ।
नेपाली टोलीको अफिसियलमा तिलक पाण्डे (ब्याडमिन्टन), ध्रुवबाबु थापा (गल्फ), देवकीमाया श्रेष्ठ (जुडो), भूपेश शाक्य (मुवाँथाई) र नयना शाक्य (पौडी) छन् । पहिलो टोलीका रूपमा मुवाँथाई टोली मंगलवार बहराइन जानेछ ।
त्यसपछि गल्फका रुवेन विदेशमा रहेकाले त्यत्तैबाट बहराइन जाने कार्यक्रम छ । यसअघि इण्डोनेसिया र उज्वेकिस्तानले आ–आफ्नै कारणले युथ एसियन गेमसमा आयोजना गर्न सकेका थिएनन् ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले गत डिसेम्बर ३ मा उज्बेकिस्तानबाट बहराइनमा तेस्रो संस्करण आयोजना गर्ने निर्णय गरेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij