२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

रुपन्देहीमा कार्यालय सरसफाई अभियान सुरु

आइतवार , कार्तिक २, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, २ कार्तिक । रुपन्देहीमा कार्यालय सरसफाई अभियान–२०८२ सुरु भएको छ । आइतबार बिहान जिल्ला समन्वय समितिको कार्यालय र जिल्ला प्रशासन कार्यालय परिसरमा सरसफाई गरेर अभियानको सुरुवात गरिएको हो । 

    जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले कर्मचारीले मात्र कार्यालय सरसफाई गर्नुपर्छ भन्ने मनस्थिति रहेको बताउनुभयो । उहाँले घुम्ती बैठकबाट निर्णय गरेर विभिन्न कार्यालय, विद्यालयमा सबै सहभागी भएर महिनाको कम्तीमा एक दिन आफ्नो कार्यालय प्रांगण राम्रोसँग सरसफाई गर्ने निर्णय भएको बताउनुभयो ।

    सोही अभियान अन्तर्गत आज रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख रामकृपाल धोवी, जिल्ला समन्वय अधिकारी यम बहादुर कुँवर, जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीहरुको सहभागीतामा कार्यालय प्रांगण सरसफाई गरिएको उहाँले जानकारी दिनुभयो ।

    IMG_7176.jpg

    उहाँले कार्यालय परिसरमा गुटखाजन्य पदार्थ प्रयोग गर्ने र खोल फाल्ने गतिविधि नियन्त्रणका लागि सचेतनामूलक ब्यानर राखेर सचेत गराइने र सचेत गराउँदा पनि सुधार आउन नसके सिसिटीभी फुटेज हेरेर सम्बन्धित व्यक्तिलाई जरिवाना तिराइने बताउनुभयो । उहाँले सरसफाई अभियानलाई निरन्तरता दिइने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।