२०८२, चैत्र १४ गते

Mar 28 2026 | २०८२, चैत्र १४ गते

बरामद गरिएको एकलाख बराबरको पटका नष्ट

आइतवार , कार्तिक २, २०८२

  • 904
    Shares
  • 904
    Shares
  • भैरहवा, २ कार्तिक । सशस्त्र प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट बरामद गरेका विभिन्न किसिमका विष्फोटक पदार्थ (पटका) हरु नष्ट गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा., रुपन्देही तथा मातहत कार्यालयहरुबाट खटिएको टोलीले बरामद गरेको अन्दाजी १ लाख मूल्य बराबरको पटका नष्ट गरिएको हो ।

    अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पटकाहरु बरामद गरी आइतबार नष्ट गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) किरण प्रकाश खत्रीले जानकारी दिनुभयो । गणको परिसरभित्र खाडल खनेर पटका नष्ट गरिएको गणका डीएसपी खत्रीले बताउनुभयो ।

    सशस्त्र प्रहरीको टोलीलाई देखेपछि छोडेर भागेकाले बेवारिसे अवस्थामा फेला परेका पटकाहरु बरामद गरिएको उहाँले बताउनुभयो । बरामद गरिएको पटकामा रकेट, सुतली बम लगायत रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    mmkk.jpg