२०८२, कार्तिक ३ गते

Oct 20 2025 | २०८२, कार्तिक ३ गते

इजरायलद्वारा १५ प्यालेस्टिनीहरूको शव गाजालाई हस्तान्तरण

सोमवार , कार्तिक ३, २०८२

  • 298
    Shares
  • 298
    Shares
  • काठमाडौं, ३ कार्तिक । गाजास्थित स्वास्थ्य अधिकारीहरूले इजरायलले हमाससँगको कैदी आदानप्रदान सम्झौताको एक भागको रूपमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत १५ प्यालेस्टिनीहरूको शव गाजालाई हस्तान्तरण गरेको छ ।

    यो स्थानान्तरणसँगै इजरायलबाट फिर्ता गरिएका शवहरूको कुल संख्या १ सय ३५ पुगेको छ । अधिकारीहरूले उनीहरूको चिकित्सा टोलीले परिवारलाई हस्तान्तरण गर्नुअघि अनुमोदित चिकित्सा प्रक्रिया र प्रोटोकल अनुसार शवहरू ह्यान्डल गर्न जारी राखेको बताएका   छन्।

    गाजाका स्वास्थ्य र फोरेन्सिक अधिकारीहरू अवशेषहरू पहिचान गर्न जिम्मेवार छन् । इजरायल–हमास युद्ध अक्टोबर ७, २०२३ मा शुरु भयो । जब दक्षिणी इजरायलमा हमासको नेतृत्वमा रहेका लडाकूहरूले अचानक आक्रमण गर्दा १ हजार २ सय जनाको मृत्यु भयो ।

    २ सय ५१ जनालाई वन्धक बनायो । गाजामा भएको इजरायली आक्रमणमा ६७ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ । १ लाख ७० हजार १ सय ७९ जना घाइते भएका छन् । इजिप्ट, कतार, टर्की र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम अक्टोबर १० मा लागू भएको थियो ।

    यसको पहिलो चरणमा कैदी र बन्दीहरूको आदानप्रदान, गाजा पट्टीमा मानवीय सहायताको प्रवेश र इजरायली सेनाको आंशिक फिर्ता समावेश छ ।