
बिहिवार , बैशाख ९, २०७८
काठमाडौं, ९ वैशाख ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज दोस्रो दिन पनि वार्ता जारी छ । होटल मेरियटमा प्रधानमन्त्री ओली र नेता नेपालबीच दिउँसो २ बजेदेखि वार्ता सुरु भएको पार्टी मुख्यालय श्रोतले जनाएको छ ।
वार्तामा बस्नुअघि दुवै नेताले मेरियटबाटै नवनिर्मित धरहरा नियालेको र पुनःनिर्माणका विषयमा कुृराकानीबाट वार्ता सुरु भएको श्रोतले जनाएको छ । बुधबार भएको वार्तामा विगतमा एक अर्काबाट भएका कमि कमजोरीबारे छलफल भएको थियो भने आज अबको निकास के हुने भन्ने बारेमा छलफल हुने बताइएको छ ।
यता ओली समुहले विगतका कमजोरीबाट सच्चिएर माधव नेपाल पक्षले पश्चाताप गर्दै आउनु पर्ने बताएको छ भने उता नेपाल समूहले एमाले २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्कनुपर्ने अडान राखेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij