२०८२, कार्तिक ५ गते

Oct 22 2025 | २०८२, कार्तिक ५ गते

राष्ट्रपति पौडेलद्वारा गौ पूजा

बुधवार , कार्तिक ५, २०८२

  • 307
    Shares
  • 307
    Shares
  • काठमाडौं, ५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसँगै मा विधिपूर्वक गौ पूजा गर्नुभएको छ ।

    कात्तिक कृष्ण औँसी अर्थात गाई तिहारको अवसरमा शीतल निवासमा विधिपूर्वक गौ पूजा गर्नुभएको हो । वैदिक मन्त्रद्वारा सम्पन्न यो पूजामा गाईलाई लक्ष्मीको प्रतीक मान्दै खानेकुरा खान दिइएको थियो ।

    तिहारको तेस्रो दिन मनाइने गाई तिहारले नेपाली संस्कृतिमा मानव र प्रकृतिबीचको पवित्र सम्बन्धलाई जोड दिन्छ । पाँच दिनसम्म मनाइने तिहार, जसलाई दीपावली पनि भनिन्छ, प्रकाश, समृद्धि र पारिवारिक एकताको उत्सव हो।

    यस पर्वमा काग, कुकुर, गाई, गोवद्र्धन र भाईटीकाको पूजा गरिन्छ, जसले जीवनका विभिन्न पक्षहरूलाई सम्मान गर्ने परम्परालाई जीवन्त राख्छ ।

    राष्ट्रपति पौडेलको यो सहभागिताले तिहारको सांस्कृतिक र धार्मिक मूल्यहरूलाई प्रोत्साहन गर्दै राष्ट्रिय एकता रप्रकृतिप्रतिको श्रद्धालाई उजागर गरेको छ ।

    1761105677-22IiL.jpg