२०८२, कार्तिक ५ गते

Oct 22 2025 | २०८२, कार्तिक ५ गते

विविध कार्यक्रम आयोजना गरी मनाइयो नेपाल संवत

बुधवार , कार्तिक ५, २०८२

  • 322
    Shares
  • 322
    Shares
  • काठमाडौं, ५ कार्तिक । नेपाल संवत ११४६ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

    नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरुवात गर्नुभएको थियो ।

    विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौं ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गरिन्छ ।

    गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएको थियो ।