२०८२, कार्तिक १० गते

Oct 27 2025 | २०८२, कार्तिक १० गते

चीनद्वारा नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण

सोमवार , कार्तिक १०, २०८२

  • 499
    Shares
  • 499
    Shares
  • काठमाडौं, १० कार्तिक । चीनले आईतवार आफ्नो दक्षिणपश्चिमी सिचुआन प्रान्तमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ उपग्रह पठाएको छ ।

    गाओफेन–१४ ०२ उपग्रह बिहान ११ः५५ बजे (बेइजिङ समय) लङ मार्च–३बी वाहक रकेटबाट प्रक्षेपण गरिएको थियो । योजनावद्ध कक्षामा सफलतापूर्वक प्रवेश गरेको छ ।

    यो उपग्रहले राष्ट्रिय आर्थिक विकास र राष्ट्रिय रक्षा निर्माणको लागि आधारभुत भौगोलिक जानकारी समर्थन प्रदान गर्दै विश्वव्यापी स्तरमा उच्च–परिशुद्धता स्टेरियो इमेजरी कुशलतापूर्वक प्राप्त गर्न सक्षम छ ।

    यो प्रक्षेपण लङ मार्च वाहक रकेट शृङ्खलाको ६०३ औं उडान अभियान थियो ।