२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

अस्पतालहरुमा अक्सिजन सकियो, कुर्दाकुर्दै धेरैले ज्यान गुमाए

शुक्रवार , बैशाख १०, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • काठमाडौं, १० बैशाख।

    भारतको राजधानी दिल्लीका ६ वटा मुख्य अस्पतालमा अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाएका छन्। विरामीको जीवन रक्षाका लागि अतिआवश्यक अक्सिजन पूर्ण रुपमा सकिएका कारण अक्सिजन कुर्दाकुर्दै  छटपटिएर कयौंको ज्यान गएको छ। 

    चिकित्सकका अनुसार अस्पतालका सघन उपचार कक्षका शैयाहरु ९९ प्रतिशत विरामीले भरिएका छन्। भारत दोस्रो लहरको कोरोना संक्रमणका कारण विश्वमै सबैभन्दा प्रभावित छ। भारतमा दैनिक संक्रमण दर ३ लाख भन्दा बढि अर्थात अहिलेसम्मकै उच्च देखिएको छ। 

    यहाँ कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा मात्रै २ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ। भारतमा हालसम्म संक्रमित हुनेको संख्या १ करोड ६२ लाख रहेको छ। संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि १ लाख ८७ हजार नजिक पुगेको छ। 

    दिल्लीका अन्य अस्पतालहरुमा पनि केही घन्टाका लागि मात्रै अक्सिजन आपूर्ति हुनसक्ने चिकित्सकहरुले बताएका छन्। चिकित्सकहरुका अनुसार पछिल्लो समय दिल्लीमा अक्सिजन नपाएर मर्नेहरुको संख्या दिनदिनै बढिरहेको छ। अक्सिजन नपाएर र छट्पटाएर जीवन गुमाउनेहरुको कारुणिक दृश्य दिल्लीका अस्पतालहरुमा बढिरहेको छ।