२०८२, कार्तिक ११ गते

Oct 28 2025 | २०८२, कार्तिक ११ गते

पूर्वी डिआर कंगोमा आगलागी हुँदा १४ जनाको मृत्यु

मंगलवार , कार्तिक ११, २०८२

  • 265
    Shares
  • 265
    Shares
  • काठमाडौं, ११ कार्तिक । स्थानीय स्रोतहरूकाअनुसार पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोको दक्षिण किभु प्रान्तको राजधानी बुकावुमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।

    प्रत्यक्षदर्शीहरूकाअनुसार आगलागीमा धेरै जना घाइते भएका छन् । हाल शहरभरका अस्पतालहरूमा उपचार गराइरहेका छन् । आगलागीबाट करिव एक दर्जन घरहरू नष्ट भएका छन् ।

    अनियन्त्रित निर्माण र उचित शहरी योजना मापदण्ड बिना बनाइएका भवनहरूको निकटताका कारण बुकाभु र यसको वरपरका क्षेत्रहरूमा प्रायः आगलागीका घटनाहरू हुन्छन् ।

    फेब्रुअरी २०२५ देखि यो शहर मार्च २३ आन्दोलन विद्रोहीहरूको नियन्त्रणमा छ ।