२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

खगेन्द्र सुनारसम्बन्धी समाचारमा गल्ती स्वीकार गर्दै अनलाइनखबरको क्षमायाचना

मंगलवार , कार्तिक ११, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, ११ कार्तिक । — अनलाइन समाचार पोर्टल अनलाइनखबरले खगेन्द्र सुनारबारे प्रकाशित समाचारमा त्रुटि रहेको स्वीकार गर्दै औपचारिक रूपमा क्षमायाचनासहित भूल सुधार गरेको छ।

    कात्तिक ९ गते “बहुविवाहमा पनि मुछिएका थिए खगेन्द्र सुनार” शीर्षकमा प्रकाशित समाचारमा उल्लेखित केही तथ्यहरू त्रुटिपूर्ण रहेको पाइएको अनलाइनखबरले जनाएको छ। सो कारण साइटले उक्त समाचार हटाउने निर्णय गर्दै सम्बन्धित व्यक्तिप्रति माफी मागेको हो।

    अनलाइनखबरले सोमबार प्रकाशित क्षमायाचनामा भनेको छ, “खगेन्द्र सुनारसँग सम्बन्धित ‘बहुविवाहमा पनि मुछिएका थिए खगेन्द्र सुनार’ शीर्षकमा कात्तिक ९ गते प्रकाशित समाचारमा उल्लेखित तथ्य त्रुटिपूर्ण रहेको पाइएकोले क्षमायाचनासहित सम्बन्धित समाचार हटाइएको छ । यसबाट सम्बन्धित व्यक्तिलाई परेको असरप्रति माफी चाहन्छौं– सम्पादक।”