बुधवार , कार्तिक १२, २०८२
काठमाडौं, १२ कार्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधवार ५ अंकले घटेको छ ।
बजार बन्द हुँदा नेप्से ५.१७ अंकले घटेको छ । नेप्से ०.२० प्रतिशतले घटेर २५६६ बिन्दुमा परिसूचक पुगेको छ ।
आज दिनभरमा ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार २८४ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको पछ ।
दिनभरमा ३ सय २१ वटा कम्पनी कारोबारमा आउँदा ५० हजार ४ सय ८७ पटक शेयर किनबेच भएको छ । ३ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ ।
१३ समूहमध्ये ९ समूह घटेको छ भने बाँकी ४ समूह बढेको छ । आज बजारमा हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij