२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

एमालेको नयाँ स्थायी कमिटी गठन, परेनन् माधव पक्षीय नेता

शुक्रवार , बैशाख १०, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौँ

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ स्थायी कमिटी गठन गरेका छन् । नयाँ स्थायी कमिटीमा माधव पक्षका नेताहरुलाइ अध्यक्ष ओलीले सहभागी गराएका छैनन्।

    बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई हटाएर ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन् ।स्थायी कमिटीमा ओलीसहित वामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेल लगायत १९ जना सदस्य छन् । 

    यस्तै विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ्ग, रघुबीर महासेठ, किरण गुरुङ, केशव बडाल, पुष्पराज कँडेल र मणि थापा सदस्य रहेका छन् । 

    थप सदस्य पछि थप्ने गरी स्थायी कमिटी घोषणा गरिएको ओली समुहका नेताहरुले बताएका छन् ।