बिहिवार , कार्तिक १३, २०८२
बर्दिया, १३ कार्तिक । जलवायुजन्य विपद्बाट पुग्ने क्षति न्युनिकरणका लागि किसानले जलवायु उत्थानशील शैली अपनाउन थालेका छन् ।
बेमौसमको वर्षा तथा बाढीका कारण कृषि प्रणाली र सञ्चित अन्नमा नोक्शानी पुग्न थालेपछि किसान जलवायु उत्थानशील कार्यमा जुट्न थालेका हुन् ।
वर्षेनी बाढी तथा डुबानबाट कृषि प्रणाली र सञ्चित अन्नमा क्षति भोग्न बाध्य भएका कर्णाली नदी तटिय क्षेत्रका बासिन्दा अहिले उच्च भकारीमार्फत अन्न जोगाउन लागेका छन् ।
उनीहरु व्यक्तिगत रुपमा उच्च भकारीमा जुट्नुको साथै सामुदायिक अन्न भण्डारण कार्यमा पनि सरिक हुन थालेका छन् ।
मनसुनी वर्षामा खेतीका लागि राखिएको व्याड डुबान हुँदा तरकारीका बेर्ना नष्ट हुने समस्या समाधानका लागि अहिले उच्च नर्सरीको अभ्यास गरिएको छ ।
भूबनावटअनुसार सामान्यतया जमिनबाट ३ देखि ४ फिट अग्लो बनाएर बाढीले नभेट्ने गरी ब्याड तयार गरी तरकारी र फलफूलका बीउ राख्ने गरिन्छ । राजापुर नगरपालिका वडा नं. ३ नंगापुर की ४५ वर्षीया दुर्पाती थारुले ५ वर्षदेखि उच्च नर्सरी खेती गर्दै आउनुभएको छ ।
उच्च नर्सरीमा बेर्ना छर्दा बाढीबाट जोगिनुका साथै किराले काट्ने जोखिम पनि कम हुने गरेको उहाँको अनुभव छ । उच्च नर्सरीमा कुखुरा लगायत घरपालुवा पशुपंक्षीले बीउ खाइदिने र कुल्चिने जोखिम पनि हुँदैन ।
हिजो आज कर्णाली नदीको तटिय क्षेत्रमा बसोवास गर्ने नागरिकहरु समयमै हिउँदे तरकारी लगाउनका लागि उच्च नर्सरी बनाएर बीउ छर्ने गर्छन् । अहिले उच्च नर्सरी किसानको बीचमा लोकप्रिय बनेको
अन्न भण्डारका लागि सामुदायिक उच्च अन्न भण्डारणको अभ्यास पनि अत्यन्तै प्रभावकारी देखिएको छ । राजापुर नगरपालिकाको सहयोगमा राजापुर नगरपालिकाको वडा नम्बर १ मुर्गहवामा निर्माण गरिएको सामुदायिक उच्च भकारीमा स्थानीयहरुले अन्न लगायत बीउ बिजन तथा सांस्कृति सामग्रीहरु पनि राख्ने गर्दछन् । यसबाट १ सय १५ घरधुरी लाभान्वित भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij