 
                            
                         
                        शुक्रवार , कार्तिक १४, २०८२
 
                                                                            काठमाडौं, १४ कार्तिक । काठमाडौं महानगरपालिकाभित्र अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरितका संरचना खाली गर्न सात दिनको अल्टिमेटम दिएको छ ।
काठमाडौं महानगर र काठमाडौं उपत्यका विकास प्राधिकरणले (आज) शुक्रवार संयुक्त रूपमा सार्वजनिक सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो ।
महानगर र प्राधिकरणले असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरितका संरचना खाली गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम आज सूचना जारी भएको हो । महानगर क्षेत्र भित्र र सीमाना जोडिएका जग्गा खाली र संरचना हटाउन सूचना जारी भएको हो ।

© 2025 All right reserved to khabarpatro.com | Site By : sobij
