२०८२, कार्तिक १४ गते

Oct 31 2025 | २०८२, कार्तिक १४ गते

ठुटिपिपलमा ट्रकमा गएर ठोक्कियो बस, ११ यात्रु घाईते

शुक्रवार , कार्तिक १४, २०८२

  • 481
    Shares
  • 481
    Shares
  • भैरहवा, १४ कार्तिक । रुपन्देहीको ओमसतिया १ ठुटिपिपलमा बस र ट्रक एक आपसमा ठोक्किदा ११ जना यात्रु घाईते भएका छन् ।

    भैरहवाबाट बुटवलतर्फ जादै गरेको लु १ ख ९२६० नम्बरको माईक्रो बस सर्भिसलेनबाट मुल सडकतर्फ आउदै गरेको लु १ ख ४४७७ नम्बर ट्रकमा ठोक्किदा माईक्रो वसमा सवार ११ जना घाईते भएको रुपन्देही प्रहरीले जनाएको छ ।

    घाईतेहरु मध्ये केहिको भैरहवा स्थित भीम अस्पतालमा र अन्य घाइतेको अन्य बिभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। घाईतेमध्ये एक जनाको अबस्था मध्ययम रहेपनि अन्यको स्वास्थ्य अबस्था भने सामान्य रहेको प्रहरीको भनाई छ ।