२०८२, कार्तिक १७ गते

Nov 03 2025 | २०८२, कार्तिक १७ गते

मदिरा व्यवसायी संघ भैरहवाले अविनाश आश्रममा मनायो स्थापना दिवस

आइतवार , कार्तिक १६, २०८२

  • 898
    Shares
  • 898
    Shares
  • भैरहवा, १६ कार्तिक । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले आफ्नो स्थापना दिवस अनाथ आश्रममा मनाएको छ । संघले आइतबार तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा बालबालिकालाई खाना खुवाउनुको साथै खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान गरेको हो ।

    २०७७ कार्तिक १६ गते स्थापना भएको मदिरा व्यवसायी संघ भैरहवाको स्थापना दिवसको अवसरमा आश्रममा कार्यक्रम गरेको अध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो । उहाँले प्रत्येक वर्ष संस्थाले स्थापना दिवसमा राहत वितरणसहित विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । ‘मदिरा विक्रीवितरण र व्यवसायीको हकहितमा मात्रै होइन, रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, दिनदुःखीलाई सहयोग लगायतका सामाजिक कार्यहरु गर्दै आएका छौं, ’उहाँले भन्नुभयो ।

    संघका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले निकै संघर्षका साथ जन्मिएको यो संस्था नेपालमै नमूना संस्थाको रुपमा स्थापित भएको दावी गर्नुभयो । उहाँले मदिरा व्यवसायी संघ भैरहवाले वार्षिक कार्ययोजना बनाएर काम अघि बढाएको बताउनुभयो । 

    आश्रमका अध्यक्ष श्रीकृष्ण ज्ञवालीले आश्रमलाई माया गरेर आफू भन्दा कम भाग्यशाली व्यक्तिहरुको अभिभावक हौं भन्ने सोचका साथ कार्यक्रम गरेको भन्दै मदिरा व्यवसायी संघ भैरहवालाई धन्यवाद दिनुभयो । उहाँले हाल आश्रममा २२ जना बालबालिका रहेको जानकारी दिनुभयो ।

    संघका महासचिव यादव पोख्रेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार खिम बहादुर खत्री, ठाकुर कुमार श्रेष्ठ, कार्यक्रम संयोजक ढक बहादुर कुँवर, सचिव तेज बहादुर खत्री, कोषाध्यक्ष सुन्दर भण्डारी, संघका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको उपस्थिति थियो ।