बुधवार , कार्तिक १९, २०८२
काठमाडौं, १९ कार्तिक । मंगलवार फिलिपिन्समा कालमेगी आँधीका कारण हालसम्म २६ जनाको मृत्यु भएको छ ।
आँधीकाकारण ठूलो बाढी आएको थियो । जसले घरहरू डुबानमा परे । अनगिन्ती कारहरू बगायो र हजारौं गाउँलेहरूलाई विस्थापित गरेको छ ।
ओसीडीका प्रवक्ता जुनी कास्टिलोले मृत्यु हुनेमध्ये २२ जना मध्य भिसायास क्षेत्रमा, दुई जना नेग्रोस टापु क्षेत्रमा, एक जना पश्चिमी भिसायास क्षेत्रमा र एक जना पूर्वी भिसायास क्षेत्रमा भएको बताउनु भयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले मंगलबार भनेको छ । कालमेगीले मध्य र दक्षिणी फिलिपिन्समा लगभग ६० हजार मानिसहरूलाई असर गरेको छ । कालमेगी यस वर्ष फिलिपिन्स द्वीपसमूहमा प्रहार गर्ने २० औं आँधी हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij