images

सोमवार, बैशाख १७ गते २०८१

रामग्राम नगरपालिकामा जेष्ठ नागरिकहरुको निःशुल्क आँखा परीक्षण

रामग्राम नगरपालिकामा जेष्ठ नागरिकहरुको निःशुल्क आँखा परीक्षण

images
images
images
शुक्रवार, बैशाख १० २०७८
शुक्रवार, बैशाख १० २०७८
  • रामग्राम नगरपालिकामा जेष्ठ नागरिकहरुको निःशुल्क आँखा परीक्षण

    परासी, १० वैशाख ।
    नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ मा निःशुल्क आँखा  शिविर संचालन भएको छ ।  रामग्राम नगरपालिका वडा नम्बर १२ को आयोजना तथा डा. विनोद निता कंडेल आँखा अस्पताल परासीको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा  शिविर वडा १२ का अध्यक्ष भगवन्तलाल गुप्ताको अध्यक्षता तथा नगरप्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा संचालन भएको हो ।

    images

    शिविरको उद्घाटन गर्दैै नगरप्रमुख गुप्ताले यो शिविर जेष्ठ नागरिकको लागि महत्वपूर्ण रहेको भन्दै यसबाट जेष्ठ नागरिकले भरपुर लाभ लिन आग्रह गरे । उनले आँखा संवेदनशील अंग भएकोले यसको समयमै परीक्षण गराइ आँखा स्वस्थ्य राख्न आवश्यक उपचार गर्ने र अन्धोपनबाट बचाउन यो शिविरले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

    नगरप्रमुख गुप्ताले रामग्राम नगरपालिका नगरवासीको सेवामा सदैव तत्पर रहेको र नगरवासीको घरदैलोमै स्वास्थ्कर्मीहरु पुगि ६५ वर्षमाथिका वृद्धवृद्धालाई उपचार सेवा समेत प्रदान गरिरहेको जानकारी दिए । उनले सो उमेर समुहका नागरिकहरुलाई दीर्घ रोग तथा विभिन्न रोगबाट बचाइ स्वास्थ राख्ने कार्य गरिएको जानकारी दिए ।

    त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले रामग्राम नगरपालिका नगरवासीको सेवामा तत्पर रहेको बताए । उनले पालिकाबाट प्रदान गरिने सेवाहरु पनि सेवाग्राहीहरुलाइ छिटोछरितो प्रदान गरिरहेको बताए ।
     

    शिविरमा वडा १२ का ५० बढी जेष्ठ नागरिकहरुले आँखा परीक्षण गराइ लाभ लिएका छन् । शिविरमा आँखा परीक्षण गराउन आएका जेष्ठ नागरिकहरुको अस्पतालका डा. नेत्र बहादुर मगरसहितको प्राविधिक टोलीले आँखा परीक्षण र औषधी उपचार गरेका हुन् ।

    शिविरमा नि:शुल्क आँखा परीक्षण, आवश्यक औषधि, चस्मा समेत निःशुल्क वितरण गरिने वडा सचिव निलम फौजदारले जानकारी दिए ।

    त्यस्तै आँखाको शल्यक्रिया गर्ने बिरामी देखिएमा त्यस्ता बिरामीहरुको निःश्ल्क शल्यक्रिया गराउन वडाले पहल गर्ने र आगामी दिनमा थप जेष्ठ नागरिकका लागि स्वास्थ्यका कार्यक्रम संचालन गर्ने वडाअध्यक्ष भगवन्तलाल गुप्ताले जानकारी दिए ।

    कार्यक्रममा  कार्यपालिका सदस्य रोशन शाह, डा. नेत्र बहादुर मगर, वडा १२ का सदस्य रामानन्द यादव लगायतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij