२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

जे.भी. फाउण्डेशन रुपन्देहीको अध्यक्षमा ज्ञानेश श्रेष्ठ

बुधवार , कार्तिक १९, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १९ कार्तिक । जे.भी. फाउण्डेशन रुपन्देही जिल्ला अध्यक्षमा ज्ञानेश श्रेष्ठ चयन हुनुभएको छ । अध्यक्षमा चयन हुनुभएका श्रेष्ठले बुधबार पदभार ग्रहण समेत गर्नुभएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ स्थित पडसरीमा रहेको जे.भी. फाउण्डेशन, राष्ट्रिय समिति रुपन्देही जिल्ला समितिको कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । श्रेष्ठ ओमसतिया–२ का पूर्ववडाअध्यक्ष समेत हुनुहुन्छ ।

    Gyanesh shrestha.jpg

    समितिको उपाध्यक्षमा मधु रायमाझी, सचिवमा रविराज काफ्ले र कोषाध्यक्षमा पार्वता भुषाल पाण्डे रहनुभएको छ । त्यस्तै सदस्यहरुमा सिद्धार्थ पन्थी, अमृत कुमार भट्टराई, रुपमाया पुन, गिरजा खनाल र विरेन्द्र खत्री रहनुभएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि जे.भी. फाउण्डेशनका केन्द्रीय अध्यक्ष प्रा.डा. जगदीश वैद्यले जिल्ला अध्यक्ष श्रेष्ठसहित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले निस्वार्थ रुपमा सामाजिक कार्यमा लाग्न आग्रह गर्नुभयो ।

    त्यस्तै फाउण्डेशनका केन्द्र्रीय प्रवक्ता सह–प्राध्यापक डा. हरिकृष्ण दाहालले जे.भी. फाउण्डेशन पृथक ढंगको संस्था भएको बताउनुभयो । उहाँले संस्थाका सदस्यहरुले स्वयं योगदान गरी सामाजिक कार्यमा निस्वार्थ रुपमा समर्पित हुँदै आएको बताउनुभयो । ‘२०३५ सालदेखि बागमतीबाट केन्द्रीय अध्यक्ष प्रा.डा. जगदीश वैद्यले सरसफाई अभियानबाट संस्थाको सुरुवात गर्नुभयो । २०५० सालमा बाढीपहिरो पीडितलाई उल्लेखनीय सहयोग गरेवापत नेपाल सरकारले उहाँलाई विभूषित गर्यो, प्रा.डा. वैद्यको राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण योगदान छ, ’उहाँले भन्नुभयो ।

    जे.भी. फाउण्डेशनका केन्द्रीय उपाध्यक्ष दीपकराज श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको थियो ।