
शुक्रवार , बैशाख १०, २०७८
बुटवल, १० वैशाख ।
भोजपुरमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगिता–२०७८ मा रुपन्देहीको गोर्खा ब्याइज एफसी विजयी हुँदै उपाधि दावेदारी पेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक भोजपुर एफसीलाई ट्राईबेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी गरेको हो ।
उपाधिका लागि शनिबार गोर्खा ब्याइजले अफ्रिकन रुट एसोसियन क्यामरुनसंग फाइनलमा प्रतिष्पर्धा गर्नेछ । निकै प्रतिष्पर्धात्मक खेलको निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेलमा समय थप गरिएको थियो । थपिएको समयको दोस्रो मिनेटमा आयोजक भोजपुरका विकास राईले गोल गरेर अग्रता लिएपछि गोर्खा ब्याइज क्लब शक्ति राईले खेललाई बराबरीमा ल्याए ।
ट्राइबेकरमा गोर्खा ब्याइज क्लब रुपन्देहीका गौरब श्रेष्ठ, फोफोना, शक्ति राई र मनोज श्रेष्ठले गोल गरेका थिए भने आयोजक भोजपुरका निशान लिम्बु र हेमन्त थापा मगरले गोल गरेका थिए भने विजय भुजेल र शुसान्त तामाड्गको गोल रोकिदिएका थिए । गोर्खा ब्याइज क्लब रुपन्देहीका पेपे म्यान अफ द म्याच घोषित हँुदै नगद ३ हजार ५ सय तथा मेडलबाट पुरस्कृत भए । उनलाई भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले पुरस्कार वितरण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij