२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

‘सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारीको श्रमको मुल्यांकन हुनुपर्छ’

शनिवार , बैशाख ११, २०७८

भैरहवा, ११ वैशाख ।
सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुले आफूहरुको श्रमको मुल्यांकन सरकारले गर्नुपर्ने माग गरेका छन् । उनीहरुले आफ्नो हकअधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी संघ (अस्थायी करार तथा ज्यालादारी कर्मचारी ट्रेड युनियन) रुपन्देहीको प्रथम जिल्लामा बोल्ने कर्मचारीहरुले आफूहरुको समस्या समाधान गर्न सरकारले चासो दिनुपर्ने बताए ।

संघको लुम्बिनी प्रदेश समितिको आयोजनामा शनिबार भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष तिल बहादुर थापाले कर्मचारीहरु संगठित हुनुपर्ने आवश्यकतामा जोड दिए । उनले अस्थायी कर्मचारीलाई विभेद गर्न नहुने बताए । कर्मचारीहरु पेशामा इमान्दार हुनुपर्ने उनको भनाइ थियो । राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र रुपन्देहीका पूर्व जिल्ला अध्यक्ष राम प्रसाद दवाडीले अस्थायी करार तथा ज्यालादारी कर्मचारीको माग पुरा गर्नुपर्ने माग गरे ।

राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र रुपन्देहीका पूर्व जिल्ला सचिव विष्णु प्रसाद उपाध्यायले अधिकारको लागि संघर्ष गर्नुपर्ने बताए । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी संघ रुपन्देहीका अध्यक्ष सुशिला लामिछानेले कर्मचारीहरुको श्रमको मुल्य बुझ्नुपर्ने र समान व्यवहार गर्नुपर्ने बताइन् । संघका रुपन्देही जिल्ला सचिव अजय सिंह क्षेत्रीले राजनीतिक अस्थिरताका कारण अन्यौलताको स्थिति सिर्जना भएको बताए । 

संघकी सल्लाहकार लक्ष्मी कोइरालाले अस्थायी दरबन्दीमा काम गर्ने कर्मचारीहरु स्थायी हुन पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताइन् । उनले श्रम गर्ने मानिसको हकअधिकार दिनुपर्ने र श्रमको मुल्यांकन हुनुपर्ने बताइन् । संघका लुम्बिनी प्रदेश कोषाध्यक्ष मनिषा खत्रीको अध्यक्षता तथा सल्लाहकार लिला बहादुर कुमालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अध्यक्षमा लामिछाने

यसैबीच शनिबार सम्पन्न भेलाले सुशिला लामिछानेको अध्यक्षतामा १३ सदस्यीय रुपन्देही जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा कपिल थापा, सचिवमा अजय सिंह क्षेत्री, सह–सचिवमा कल्पना सुनार र कोषाध्यक्षमा राज कुमार राई रहेका छन् ।received_2625772471065481.jpeg

त्यस्तै सदस्यहरुमा इन्द्र बहादुर राना, प्रमेश शर्मा, माया खनाल, राम शुभाग केवट, प्रदिप कुमार दुवे, तिलक बहादुर बुढाथोकी, जय बहादुर खड्का र दिलिप बरई रहेका छन् । त्यसै गरी सल्लाहकारमा लक्ष्मी कोइराला र प्रदेश सल्लाहकारमा लिला बहादुर कुमार रहेका छन् । रुपन्देहीका करिब ७ सय जना कर्मचारी अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी संघमा आबद्ध रहेको जिल्ला उपाध्यक्ष कपिल थापाले जानकारी दिए ।