२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

मर्निङ क्रिकेट क्लबको आयोजनामा सुपर सिक्स क्रिकेट टुर्नामेन्ट सुरु

शनिवार , कार्तिक २२, २०८२

  • 661
    Shares
  • 661
    Shares
  • भैरहवा, २२ कार्तिक । मर्निङ क्रिकेट क्लब, भैरहवाको आयोजनामा शनिबार सुपर सिक्स क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । सिद्धार्थनगर नगरपालिका–४ स्थित सुगरमिल क्रिकेट मैदानमा सुरु भएको मैत्रीपूर्ण प्रतियोगितामा ६ वटा टीमबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएका छन् ।

    प्रतियोगिताको शनिबार बिहान युवा समाजसेवी कृष्ण मल्ल ठकुरीले ब्याटिङ र आयोजक क्लबका अध्यक्ष अजय यादवले बलिङ गरेर उद्घाटन गर्नुभएको हो । प्रतियोगिता सुरु हुनुअघि खेलाडीहरुलाई टिसर्ट वितरण गरिएको थियो ।

    सो अवसरमा बोल्दै प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कृष्ण मल्ल ठकुरीले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । ‘खेलाडीहरुलाई वितरण गरिएको टिसर्ट केवल कपडा मात्र नभइ यो हाम्रो एकता, जोश र समर्पणको प्रतीक हो, ’उहाँले भन्नुभयो–‘यसले हामीलाई मैदानमा अझ अनुशासित, आत्मविश्वासी र गौरवपूर्ण बनाउँछ भन्ने महसुस गरेको छु ।’ उहाँले क्लबका पदाधिकारी, सदस्य र प्रशिक्षकको पहलले यो कार्यक्रम सम्भव भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

    मर्निङ क्रिकेट क्लबका अध्यक्ष अजय यादवको अध्यक्षता, शैलेष यादवको स्वागत तथा सतिश कुमार पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा युवा समाजसेवी सन्तोष भुसाल लगायतको आतिथ्यता रहेको थियो ।
    प्रतियोगिताको विजेता र उपविजेतालाई नगद, ट्रफी तथा मेडल प्रदान गरिने अर्जुन चौहानले जानकारी दिनुभयो । त्यस्तै म्यान अफ द सिरिज, ह्याट्रीक विकेट लिने खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।