images

शुक्रवार, चैत्र १६ गते २०८०

मास्टर एण्ड मिस नोबेल आइकन सम्पन्न

मास्टर एण्ड मिस नोबेल आइकन सम्पन्न

images
images
images
शनिवार, बैशाख ११ २०७८
शनिवार, बैशाख ११ २०७८
  • मास्टर एण्ड मिस नोबेल आइकन सम्पन्न

    बुटवल, ११ वैशाख ।  
    तिलोत्तमा–१५ कोटिहवास्थित नोबेल इन्भाइरन्मेन्ट एकेडेमीले मास्टर एण्ड मिस नोबेल आइकन प्रतियोगिता सम्पन्न गरेको छ ।  बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजना गरिएको चौथो संस्करणको प्रतियोगितामा प्री प्राइमरीदेखि कक्षा ६ सम्मका ३३ जना बालबालिकाले भाग लिएका थिए ।  जसमा छात्रतर्फ आर्शन पुन विजेता, मनिष थारु फस्ट रनर अप र सविन गुरुङ्ग सेकेण्ड रनर अप बनेका छन् । त्यसैगरि प्री प्राइमरी छात्रातर्फ प्रनिधि बराल बिजेता, बियन्का थापा फस्ट रनर् अप र रितिका चौधरी सेकेण्ड रनर अप बनेका छन् । 

    त्यसै गरी ब्यासिक् लेभलबाट छात्रतर्फ सम्मर भण्डारी विजेता, मन्जिल थापा फस्ट रनर् अप र संगम थापा सेकेण्ड रनर अप बनेका छन् । 

    त्यस्तै ब्यासिक् लेभल छात्रातर्फ प्रतिभा न्यौपाने विजेता, प्रियाान्सी गुरुङ फस्ट रनर अप र महिमा चौधरी सेकेण्ड रनर् अप बनेका छन् । यस्तै प्रि प्राइमरीतर्फ छात्र–छात्राबाट क्रमश ः मोस्ट ट्यालेन्टमा विशाल गुरुङ र श्रेया गैरे, बेस्ट फोटो जेनिकमा आर्शन पुन र अदिती सिंह ठकुरी, बेस्ट स्माइलमा दिक्षान्त गाहा र सिमरन राना, मोस्ट कन्फिडेन्टमा किस्मत भुसाल र बियन्का थापा, बेस्ट डिस्प्लीनमा मनिष थारु र रितिका चौधरी, मोस्ट एक्टिभमा बबिन गुरुङ र परिनिधी बराल, बेस्ट स्किनमा आर्यन गुरुङ रप्रिन्सु बिक तथा मोस्ट स्मार्ट र मोस्ट प्रिट्टीमा मिक्सन थापा र प्रिन्सु पुनले उपाधि जितेका छन् । 

    यस्तै बेसिक लेभलमा छात्र–छात्राबाट क्रमशः मोस्ट ट्यालेन्टमा मन्जिल थापा र प्रतिभा न्यौपाने, बेस्ट फोटो जेनिकमा एलेक्स चौधरी र दिवसु राना, बेस्ट स्माइलमा दिप्सन घिमिरे र क्रिस्टिना चौधरी, मोस्ट कन्फिडेन्टमा र समीर भण्डारी र महिमा चौधरी, बेस्ट डिस्प्लीनमा मन्जिल चौधरी, मोस्ट एक्टिभमा निखिल कुमाल र प्रिन्सी गुरुङ, बेस्ट स्किनमा असीम कुमाल र मुना गुरुङ, बेस्ट पर्सनालिटीमा भुवन पाइजा र आइशा थारु, मोस्ट हेण्डसम र मोस्ट ब्युटिफूलमा संगम थापा र प्राप्ति सारुले उपाधि जितेका छन् । 

    उक्त प्रतियोगिताको फाइनल तथा समापन समारोहमा विजेतालाई पुरस्कार वितरण गर्दै नोबेल इन्भाइरन्मेन्ट एकेडेमीका अध्यक्ष सूर्य कुमार सारु मगरले प्रतियोगितामा जित्नु मात्र नभई भाग लिएर सिक्ने अवसर पाउनु नै महत्वपूर्ण उपलब्धी हुने बताए । आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहाले नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहु सांस्कृतिक मुलुक भएकाले विद्यालयहरुले सबै जाति, समुदाय, धर्म, भाषा र संस्कृतिलाई समान प्राथमिकता दिएर अतिरिक्त क्रियाकलाप गर्नुपर्नेमा जोड दिंदै नोबेल इन्भाइरन्मेन्टले त्यो उदाहरण प्रस्तुत गरेको उल्लेख गरे । 
    विद्यालयका प्रिन्सिपल सुन्दर गुरुङले विद्यालयले पाठ्यक्रमको ज्ञानसंगै विद्यार्थीको सर्वागींण विकासका लागि अतिरिक्त क्रियाकलाप र खेलकुदलाई पनि विद्यालयले उत्तिकै प्राथमिकता दिएको बताए ।  

    कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरुङ, सञ्चारकर्मी रोशन अस्लामी मगर, प्राध्यापक जयलाल बस्याल लगायतले बोल्दै बालबालिकाको व्यक्तित्व र नेतृत्व क्षमता विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । विद्यालय बाहिरका संघ–संस्थाले यस्ता ट्यालेन्ट शो कार्यक्रम गर्दा निकै महंगो शुल्क असुलेर विद्यार्थी र अभिभावकलाई मारमा पार्ने परिपाटी रहेकाले विद्यालयहरुले नै यस्ता ट्यालेन्ट शो कार्यक्रम गर्दा अभिभावकहरु ठगिनबाट जोगिने उनीहरुको धारणा थियो ।  

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij