
शनिवार , बैशाख ११, २०७८
भैरहवा, ११ वैशाख ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीको वर्ष २०२१/०२२ अध्यक्षमा गोविन्द प्रसाद गिरी निर्वाचित भएका छन् । शनिबार भैरहवामा भएको अधिवेशनले आगामी वर्षका लागि गिरीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले जानकारी दिए ।
अधिवेशनले प्रथम उपाध्यक्षमा श्री रायमाझी, द्वितीय उपाध्यक्षमा मनोज क्षेत्री, तृतीय उपाध्यक्षमा भिम बहादुर थापा, सचिवमा थानेश्वर पाण्डे, कोषाध्यक्षमा बिना पौडेल क्षेत्री, सह–सचिवमा लाल बहादुर थापा र सह–कोषाध्यक्षमा संगिता जि.सी.लाई निर्वाचित गरेको निर्वाचन अधिकृत तथा क्लबका गाईड लाईनर एओजी अर्चित श्रेष्ठले जनाए ।
अधिवेशनले टेमरमा विजय कुमार गौड, टेल टुइस्टरमा धिरज अग्रहरी, क्लब मेम्बरसिप चेयर पर्सनमा कमल रायमाझी , क्लब एलसिआइएफ, कोडिनेटर नरेश केसी, क्लब सर्विस चेयर पर्सन रुक्मणी कारञ्जित, क्लब मार्केटिङ कम्युनिकेसन चेयर पर्सन लक्ष्मी थापा, एडमिनट्रेसन चेयर पर्सन अमृता गुरुङ, अडिट चेयर पर्सन विशाल गुरुङ, स्पोटर्स चेयर पर्सन अनुप वर्मा, फण्डराइजिङ चेयर पर्सन टेकनारायण ढकाल, आइटी चेयर पर्सन अमृत खनाल, भिजन चेयर पर्सन सुधन श्रेष्ठ, एजुकेशन डाइरेक्टर निरज शाक्य, डाईरेक्टर युथ कपिल चापागाई, डाइरेक्टर हेड योगिता श्रेष्ठ, डाइरेक्टर डाइभिटिज, सिके गुप्ता, पिआरओ हेमन्त जोशी, टेडिङ कोनिनेटर केदारनाथ बरई, लियो कोडिनेटर रोशन शर्मा, इन्भाइरोमेन्ट चेयर पर्सन दिनेश ठाकुर, प्रिसिडेन्ट एडभाइजरमा इरफान वारिस, दिलिप बस्याल, विनोद यादव, डाइरेक्टरमा अनरजित यादव, कृष्ण बहादुर वि.क., सागर गुरुङ, रामु श्रेष्ठ, मोहताब आलम र दिपक पन्थीलाई निर्वाचित गरेको क्लबका द्वितीय उपाध्यक्ष नरेश के.सी.ले बताए ।जानकारी दिए ।
न्यौपानेलाई सम्मान
लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले क्लबका एक्टेन्सन चेयर पर्सन पीएमजेएफ नवराज न्यौपानेलाई द्वितीय डिष्ट्रिक गभर्नरमा निर्वाचित भएकोमा सम्मान गरेको छ । क्लबको अधिवेशन तथा सम्मान कार्यक्रममा न्यौपानेलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा डिष्ट्रिक ३२५ बी २ एरिया–४ का इभ्यालुयसन टिम हेड विनोद खरेलको पनि उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij