२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

एनपीएल दोस्रो संस्करणमा पनि एनसेलद्वारा पावर्ड बाई’ को साझेदारीलाई निरन्तरता

सोमवार , कार्तिक २४, २०८२

  • 274
    Shares
  • 274
    Shares
  • काठमाडौं, २४ कार्तिक । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको ती चर्चा चल्दै गर्दा योवर्ष पनि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो ‘पावर्ड बाई’ को साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ । 

    नेपाली क्रिकेटसँगको यो आबद्धताले स्थानीय क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै खेल र प्यानहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास लिइएको छ । क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महोत्सवमा ‘युनाईटेड’ बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित एनसेलले सहकार्य गरेको छ । 

    यही मंसिर १ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो संस्करण सुरु हुँदैछ । व्यवसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गतवर्ष पनि एनसेल ‘पावर्ड बाई’ साझेदार रहेको थियो । 

    यो प्रतियोगिताले नेपालको प्रदेशगत आ–आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरुको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दैछन् । एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यो खेलकुद र नेपालसँगको अटुट सम्बन्धलाई उजागर गर्दछ । नेपाल र आम उपभोक्ताहरूलाई सधैं जोडिराख्ने एनसेलको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोशसँग मेल खान्छ ।

    एनपीएलसँगको सहकार्यबारे आफ्नो उत्साह व्यक्त गर्दै एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भन्नुभयो–‘हालैका टी–ट्वान्टी प्रदर्शनले सबै नेपालीलाई गौरवान्वित बनाएको छ । आज क्रिकेट राष्ट्रको सबैभन्दा ठूलो आशा मात्र नभइ हामी सबैलाई एकताबद्ध राख्ने खेल पनि हो । त्यसैले क्रिकेटको यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित ‘पावर्ड बाई’ पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । फ्यानहरूलाई घर, बाटो, अफिस, काम, कार्यालय, देश वा विदेश जहाँ भए पनि एनसेलको कनेक्टिभिटीमार्फत उनीहरूलाई यस संस्करणको हरेक क्षणसँग जोडिरहनेछौं।’

    एनसेलको यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवद्र्धन गर्नका लागि मात्र सीमित नभइ यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत लाइभ एनपीएलका खेलहरु आफू जहाँ भए पनि हेर्न सकिने सुविधा पनि प्रदान गर्नेछ । 

    ‘क्रिकेटको विकासका लागि हाम्रो सहकार्यलाई निरन्तरता दिँदै एनपीएल दोस्रो संस्करणमा पनि ‘पावर्ड बाई’ पार्टनरका रुपमा एनसेललाई पाउँदा हामी धेरै खुसी छौं । यो खेलले सबैलाई जोड्छ त्यसैले हामी उत्साहित छौं र तयारी पनि अन्तिम चरणमा पुगिसकेको छ । यस्तै सहकार्य र खेलहरुले नेपाली क्रिकेट र एनपीएललाई विश्वसामु स्थापित बनाउन ठूलो महत्व राख्छ । खेलकुदको विकास र प्रवद्र्धनमा एनसेलको यो सहयोगका लागि नेपाल क्रिकेट संघ आभारी रहेको छ,’क्यानका सचिव पारस खड्काले भन्नुभयो । 

    एनसेलले आफ्नो स्थापनाकालदेखि नै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महत्वपूर्ण योगदान गर्दै आएको जनाएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागीता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।