२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

मलेसिया–थाइल्याण्ड डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

बुधवार , कार्तिक २६, २०८२

  • 271
    Shares
  • 271
    Shares
  • काठमाडौं,  २६ कार्तिक । गत हप्ता मलेसिया–थाइल्याण्ड समुद्री सीमा नजिकै पानीमा कागजात नभएका आप्रवासी बोकेको डुङ्गा डुब्दा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

    अन्य १३ जनाको उद्धार गरिएको अधिकारीहरूले मंगलवार बताएका छन् । केदाह राज्यको पानीमा सोमबार थप पाँच जनाको शव फेला परेको छ । जसमा एक बच्चा, दुई पुरुष र दुई महिला छन् ।

    मलेसियाली समुन्द्री प्रवर्तन एजेन्सीका केदाह र पेर्लिस राज्यका निर्देशक रोमली मुस्तफाले बताउनु भयो । खराब मौसमका कारण स्थानीय समयअनुसार साँझ ७ः३० बजे खोजी कार्य स्थगित गरिएको थियो र मंगलवार बिहान पुनः शुरु गरिएको थियो ।

    यस वर्ष मात्र, केदाह राज्यको प्रमुख पर्यटकीय गन्तव्य लाङ्कावी वरपरको पानीमा पक्राउ परेका ४३६ आप्रवासीहरूसँग सम्बन्धित दुईवटा मुद्दा रेकर्ड गरिएको छ ।

    रोमलीले भने कि लाङ्कावीको स्थान थाई सीमाबाट केवल २.५ समुद्री माइल टाढा भएकोले यसलाई मनपर्ने अवतरण बिन्दु बनाएको छ ।