बिहिवार , कार्तिक २७, २०८२
बुटवल, २७ कार्तिक । ग्रेस इन्टरनेसनल बुटवल, रुपन्देहीले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बुटवल–६, अमरपथस्थित ग्रेस इन्टरनेसनलको परिसरमा आयोजित कार्यक्रममा कर्मचारी, विद्यार्थी र सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरेका थिए ।
‘मानवताको लागि रक्तदान, मानव सेवामा हातेमालो’ भन्ने नारासहितको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही र नेपाल रक्त संघ लुम्बिनीको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा ७३ युनिट रगत संकलन भएको ग्रेस बुटवलका म्यानेजिङ डाईरेक्टर इश्वर भट्टराईले जानकारी दिनुभयो ।
महिला रक्तदाताहरूको उल्लेखनीय सहभागीता रहेको बताउँदै उहाँले स्वास्थ्य परीक्षणपछि सुरक्षित रूपमा रक्तदान गराइएको बताउनुभयो । ग्रेसले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको बताउदै आफ्नो स्थापना दिवसको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका नुवाकोटमा रहेको रुपा प्राविमा निजी क्षेत्रबाट शिक्षक राख्ने र पारिश्रमिक दिने बताएको छ ।
सोही अवसरमा विद्यार्थीहरुसँग वार्षिकोत्सव मनाउने बताउँदै उहाँले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, कम्प्युटर सेट एक थान र न्यानो कपडा बितरण गरिने जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij