images

सोमवार, बैशाख १७ गते २०८१

लायन्स क्लब अफ बुटवल युथको अध्यक्षमा अधिकारी

लायन्स क्लब अफ बुटवल युथको अध्यक्षमा अधिकारी

images
images
images
शनिवार, बैशाख ११ २०७८
शनिवार, बैशाख ११ २०७८
  • लायन्स क्लब अफ बुटवल युथको अध्यक्षमा अधिकारी

    बुटवल, ११ वैशाख । 
    लायन्स क्लब अफ बुटवल युथमा आगामी वर्षको अध्यक्षमा हरिकृष्ण अधिकारीलाई चयन गरिएको छ । शुक्रबार बुटवलमा भएको अधिवेशनले वर्ष २०२१/०२२ को लागि अध्यक्षमा अधिकारीसहित सिंगो टिम सर्वसम्मत रुपमा चयन गरेको हो ।

    images

    त्यसै गरी क्लवको प्रथम उपाध्यक्षमा हरिविक्रम कुँवर, द्वितीय उपाध्यक्षमा विष्णुप्रसाद काफ्ले, तृतीय उपाध्यक्षमा सुरेश केसी, सचिवमा रविन कार्की, कोषाध्यक्षमा अब्दुल करामत, सह–सचिवमा मनमोहन गुभाजु, र सह–कोषाध्यक्षमा प्रशान्त भट्टराईलाई चयन गरिएको हो ।

    त्यसै गरी क्लबको जनसम्पर्क अधिकारीमा नियामत अलि तथा डाईरेक्टरहरुमा मोति काफ्ले, ध्रुव भट्टराई, डा. समित उल्लाह, कृष्ण रिमाल, मनोज कानु, चंखा पुन, सलामवक्स मिया र दिलिप गौचनलाई चयन गरिएको क्लबका निवर्तमान अध्यक्ष तथा निर्वाचन आयुक्त दिपक प्रसाद श्रेष्ठले जानकारी दिए ।

    क्लबका संस्थापक अध्यक्ष जाकिर हुसेनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु जमिल खान, भेषराज गैरे, अशोक गुरुङ लगायतले बोलेका थिए ।

      


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij