२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

रुसको करेलियामा लडाकु विमान दुर्घटना हुँदा २ पाइलटको मृत्यु

शुक्रवार , कार्तिक २८, २०८२

  • 433
    Shares
  • 433
    Shares
  • काठमाडौं, २८ कार्तिक । रुसको करेलिया गणराज्यको प्रियोनेझ्स्की जिल्लामा प्रशिक्षण उडानको क्रममा सु–३० लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको क्षेत्रीय प्रमुख आर्टुर परफेन्चिकोभले बताउनुभएको छ ।

    रुसी रक्षा मन्त्रालयलाई टास समाचार एजेन्सीले उद्धृत गर्दै भनेको छ कि गोला बारुद बिना निर्धारित प्रशिक्षण उडान सञ्चालन गर्दा विमान दुर्घटनाग्रस्त भएको हो । परफेन्चिकोभले विमान आवासीय बस्तीबाट टाढा जंगली क्षेत्रमा खसेको बताउनु भयो ।

    १५९ औं उड्डयन लडाकु रेजिमेन्टका पाइलटहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै र आवश्यक सबै सहयोगको आश्वासन दिँदै आपतकालीन सेवाहरू तुरुन्तै घटनास्थलमा पुगेको परफेन्चिकोभले बताउनु भयो ।