शुक्रवार , कार्तिक २८, २०८२
काठमाडौं, २८ कार्तिक । म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडामा १० महिनामा ५८ लाख ९० हजारभन्दा बढी आगन्तुकहरू आएका छन् ।
म्यानमारमा गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले यस वर्षको पहिलो १० महिनामा ५८ लाख ९० हजारभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको हो ।
श्वेडागन प्यागोडा बोर्ड अफ ट्रस्टीजका सदस्य यू बोए थिनले हरेक वर्ष श्वेडागोनले पर्यटकहरु आकर्षित गरिरहेको बताउनु भयो । यस वर्ष अझै केही लाख पर्यटक भित्रिने उहाँको अपेक्षा छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij