२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

प्यारामाउन्ट माविको होस्टेलमा बस्दै आएकी एक छात्राको मृत्यु  

शनिवार , बैशाख ११, २०७८

बुटवल। रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलमा रहेको प्यारामान्ट बोर्डिङ हाई स्कूलमा अध्ययनरत एक छात्राको मृत्यु भएको  छ।

स्कुलमा अध्यनरत ती बिद्यार्थीमा स्वास्थ्यमा अचानक समस्या आएपछि मृत्यु भएको जनाइएके छ।

कक्षा १० मा अध्यनरत प्रतिभा सापकोटाको मृत्यु भएको विद्यालयका सह-प्राचार्य लिलाधर किरातले जानकारी दिए। ‘विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले होस्टेलमा बस्दै आएकी प्रतिभाले छाती दुःख्ने समस्या आएको बताएपछि उनको दाजुलाई लिन बोलाएर आज विहानै घर गएकी थिइन्।’ 

‘एक्कासी स्वास्थ्य समस्या आएपछि उपचारका लागि मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जानकारी प्राप्त भयो।’ किरातले भने।

विद्यालयले वैशाख १५ गते सक्ने गरी परीक्षा सञ्चालन गरीरहेको थियो। विद्यालयमा हाल ५० जना बढी होस्टेलमा बस्दै आएको उनले बताए। क्रिमशन अस्पतालले उपचारका लागि ती छात्रालाई ल्याइपुर्याउँदा मृत्यु भइसकेको जनाएको छ। मृत्यु हुनुको कारण बारे नखुलेको अस्पताल प्रशासनले बताएको  छ।paramount school.jpg