२०८२, कार्तिक ३० गते

Nov 16 2025 | २०८२, कार्तिक ३० गते

भारत नियन्त्रित कश्मीरको प्रहरी चौकीमा विस्फोट : ९ जनाको मृत्यु

आइतवार , कार्तिक ३०, २०८२

  • 307
    Shares
  • 307
    Shares
  • काठमाडौं, ३० कार्तिक । भारत नियन्त्रित कश्मीरको एक प्रहरी चौकीमा बरामद विस्फोटक पदार्थको थुप्रो विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ ।

    अन्य ३२ जना घाइते भएको प्रहरीले जनाएको छ । भारत नियन्त्रित कश्मीरको राजधानी श्रीनगरको नौगाम प्रहरी चौकीमा शुक्रवार राति भएको ठूलो विस्फोटमा नौ जनाको मृत्यु भएको हो ।

    विस्फोटको प्रकृति आकस्मिक भएको र फोरेन्सिक परीक्षणको लागि जफत गरिएका विस्फोटक पदार्थहरू ह्यान्डल गर्ने क्रममा भएको बताइएको छ ।

    प्रहरीकाअनुसार प्रहरी चौकी परिसरमा राखिएका विस्फोटकहरू हालै फरीदाबाद (हरियाणा) बाट बरामद गरिएको थियो ।