२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

अविश्वासको प्रस्ताव पेश गर्न कांग्रेसले ढिला गर्न हुँदैन : प्रदिप पौडेल

शनिवार , बैशाख ११, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • बुटवल, ११ वैशाख ।

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले देश अप्ठ्यारो स्थितिमा रहेको अवस्थालाई स्थिरता दिन र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नका निम्ति संसद्मा अविश्वासको प्रस्ताव पेश गर्न कांग्रेसले ढिलाई गर्न नहुने बताएका छन् ।
    रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले अविश्वासको प्रस्ताव पेश गर्न जति ढिलाई गरिन्छ, त्यति नै देशमा थप संकट आउने बताए ।

    नेता पौडेलले भने, ‘नेकपा (माओवादी केन्द्र) दुई धारको चरित्र चित्रण गर्दै, आएको भन्दै यता सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने, उता सरकारको पनि विरोध गर्दै जाने यो कस्तो प्रवृत्ति हो भनी प्रश्न समेत गरेका थिए । 

    उनले जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो लगायतले सरकारलाई साथ दिएकाले प्रधानमन्त्री ओली तत्कालिन प्रधानमन्त्री जंग बहादुर राणा भन्दा पनि बलियो वन्दै गएको उल्लेख गरे ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य वामदेव क्षेत्रीले माधव कुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव पेश गर्नका लागि आफ्नो पार्टीलाई साथ दिने सहमति जनाएको बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीले एमसिसिको प्रस्ताव ल्याएर, सभामुख माथि विभिन्न लान्छाना लगाउन खोजेको जिकिर गर्दै, आफुमाथि अविश्वासको प्रस्ताव पेश हुन्छ कि आशंकाले संसद्को विजनेश नचलेको बहाना वनाउँदै, संसद् बन्द भएको छ ।’
     
    त्यस्तै नेता क्षेत्रीले अहिले देखिएको राजनीतिक अवस्थालाई समयमै समाधान गर्न नसकिए जनताको ठूलो बलिदानद्वारा प्राप्त उपलब्धिहरु नखोसिएलान् भन्न नसकिने बताए ।

    रिपोर्टर्स क्लब नेपाल लुम्विनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।