२०८२, मंसिर १ गते

Nov 17 2025 | २०८२, मंसिर १ गते

दक्षिणी टर्कीमा भूकम्पपछि निर्माण गरिएका घरहरू हस्तान्तरण

सोमवार , मंसिर १, २०८२

  • 253
    Shares
  • 253
    Shares
  • काठमाडौं, १ मंसिर । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान भूकम्पपछिका घरहरू नवनिर्मित गर्न आदियामान प्रान्तमा आयोजित एक समारोहमा भाग लिनुभएको छ ।

    २०२३ को भूकम्पबाट बाँचेकाहरूलाई सहयोग गर्ने सरकारको प्रतिवद्धतालाई पुनः दोहो¥याउनुभएको हो । एर्दोगानले विगत दुई वर्षमा आदियामानमा ३८ हजार १ सय ५७ नयाँ घर र कार्यस्थलहरू हस्तान्तरण गरिएको बताउनु भयो ।

    फेब्रुअरी २०२३ को भूकम्पबाट प्रभावित ११ प्रान्तहरूमा सरकारले योग्य लाभार्थीहरूलाई ३ लाख ५० हजार १ सय ७८ आवास एकाइहरू हस्तान्तरण गरेको छ ।

    एर्दोगानले वर्षको अन्त्यसम्ममा ४ लाख ५३ हजार एकाइहरू निर्माण गर्ने लक्ष्य रहेको बताउनु भयो । फेब्रुअरी ६, २०२३ मा, ७.७ र ७.६ मापनका दुई शक्तिशाली भूकम्पहरू आएका थिए ।

    जसबाट देशमा ५३ हजार भन्दा बढी मानिसहरूको मृत्यु भयो । लाखौं घरबारविहीन भएका थिए । टर्कीको विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरणकाअनुसा, ७ लाख १५ हजार भन्दा बढी भवनहरू प्रभावित भएका थिए ।

    जसमध्ये २ लाख ध्वस्त भएका थिए वा मर्मत गर्न धेरै क्षतिग्रस्त भएका थिए । धेरैजसो नागरिक घरहरू थिए । जसका लागि ६ लाख ८ हजार नयाँ आवास एकाइहरू निर्माण आवश्यक थियो ।