२०८२, मंसिर २ गते

Nov 18 2025 | २०८२, मंसिर २ गते

फ्रान्सको अल्बर्टभिलमा २.०२५ टनको टार्टिफलेट पकाएर विश्व कीर्तिमान कायम

मंगलवार , मंसिर २, २०८२

  • 289
    Shares
  • 289
    Shares
  • काठमाडौं,२ मंसिर । अहिलेसम्मकै सबैभन्दा ठूलो टार्टिफलेटको बनाएर नयाँ विश्व कीर्तिमान कायम गरिएको छ । 

    फ्रान्सको अल्बर्टभिलमा २.०२५ टन प्रतिष्ठित स्याभोयार्ड डिश पकाएका हुन् । जसले ग्रेनोबलको २०२३ को एक टनको रेकर्डलाई उछिनेको छ । विशाल टार्टिफलेट १.५ टन आलु, ३०० किलोग्राम रेब्लोचोन चीज, लार्डन र प्याजबाट बनाइएको थियो ।

    जुन छ वटा विशाल प्यानमा तयार पारिएको थियो । टार्टिफ्लेट  फ्रान्सको साभोय क्षेत्रको एकदमै लोकप्रिय र स्वादिष्ट परम्परागत पहाडी खाना हो । यो विशेष गरी जाडो मौसममा खाने गरिन्छ ।

    आलुलाई पहिले उमालेर टुक्रा पारिन्छ । फ्राइङ प्यानमा लार्डन÷बेकन करकरि पारिन्छ । त्यसमै प्याज ब्राउन गरिन्छ । त्यसमा आलु मिसाएर केही समय फ्राइ गर्छन् । सबैलाई ओभन–सेफ डिशमा राखिन्छ ।

    माथि क्रिम र रेब्लोशों चिजको आधा–आधा गोलो राखिन्छ (चिजको माथिल्लो भाग (क्रस्ट) भित्रतिर फर्काएर राखिन्छ ।