२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

तत्काल माग पुरा हुने गरी सरकारसंग सम्झौता हुन्छ : सर्वेन्द्रनाथ शुक्ल

मर्चवारबाटै विकासको काम सुरु गर्छु : मन्त्री पाण्डेय

आइतवार , बैशाख १२, २०७८

भैरहवा, १२ वैशाख । 
जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लले मधेशको माग पुरा हुने गरी सरकारसंग सम्झौता हुने बताएका छन् । उनले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), र केपी शर्मा ओलीसंग लिखित सम्झौता गरी मधेशका मुद्दाहरु पुरा गर्न सम्झौता गरी सरकारलाई समर्थन गरिएको तर माग पुरा नभएको बताए ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ रोइनिहवामा आयोजित लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुको सम्मान कार्यक्रममा शुक्लले भने‘अब मधेशको माग उधारो होइन नगद हुनुपर्दछ, मधेशको माग संविधानमा समावेश गर्न धेरै पटक सम्झौता गरियो तर संविधान संशोधन भएन । संविधान संशोधनको लागि धेरै पटक अन्दोलन गरियो । तर अब पुरा नहुन्जेलसम्म कुनै सम्झौता कुनै सहमति हुनेछैन ।’Santosh Pandey Welcome 3.jpg

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले अब आफुले मन्त्रालयको कार्य मर्चवारको विकाससंग शभारम्भ गर्ने बताएका छन् । मर्चवार क्षेत्रसंग पहिलेदेखि निकै परिचित रहेको भन्दै अबको दिनमा भौतिक पूर्वाधारको विकास नै सबभन्दा बढी देखिने पाण्डेयले दावी गरे । आफुले सधै हरेक संचारमाध्यममा आफ्नो कार्य मर्चवारबाटै शुभारम्भ गर्ने बोल्दै आएको कुरा प्रमाणित गरि छाडने उनले प्रतिवद्धता ब्यक्त गरेका थिए । मर्चवारको पहिलो कार्य सम्मरीमाई ७ परसहवाँ (मिडियाचौक)देखि सिद्धनाथसम्म र जिगिनादेखि करौतासम्म कालोपत्रे सडक निर्माण सुरु गर्ने पाण्डेयको भनाइ छ । Santosh Pandey Welcome 2.jpg

शिक्षा तथा सामाजिक विकास मन्त्री कल्पना पाण्डेले आफू मन्त्री नहुँदा पनि मर्चवारलाई प्राथमिकतामा राखेर काम गर्दै आएको दावी गरिन् । अब मन्त्री भएपछि मर्चवारको शिक्षा क्षेत्रलाई सबल बनाउन आफ्नो जिम्मेवारी भएको भन्दै विद्यालयको शैक्षिक गुणस्तर बढाउन आवश्यक रहेको बताइन् ।

भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवले मर्चवार कृषि क्षेत्रको लागि उर्वरभूमि रहेको र अब यो क्षेत्रलाई व्यवसायिक कृषिको रुपमा अगाडी बढाउनुपर्ने बताए । अब मर्चवार हरियो मर्चवारको रुपमा चिनिने उनले दावी गरे । 

कार्यक्रममा मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनिया, राजेन्द्र गुप्ता, निलम यादव लगायतले बोलेका थिए । जसपा रुपन्देहीका कार्यवाहक अध्यक्ष मोहनलाल यादवको अध्यक्षता, युवा नेता सन्दिप त्रिपाठीको स्वागत तथा रुपन्देही जिल्ला प्रवक्ता मोहम्मद इस्लामको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम जसपाको तर्फबाट लुम्बिनी प्रदेश सरकारको विभिन्न मन्त्रालय सम्हालेका नवनियुक्त मन्त्रीहरुलाई सम्मान गरिएको थियो ।