२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्सको सहयोग जारी

शनिवार , श्रावण ३१, २०७७

बुटवल, ३१ साउन ।
सेवा भावनाले स्थापित लायन्स क्लबहरु कोरोना भाइरस संक्रमणको बेला सहयोगमा जुटेका छन । शुक्रबार लायन्स क्लब अफ बुटवल चौतारी र लायन्स क्लब अफ बुटवल देउरालीले कोरोना विशेष अस्पताल र आईसोलेसन सेन्टरलाई विभिन्न सहयोग सामग्री उपलब्ध गराएका छन । 

बुटवल स्थित कोरोना बिशेष अस्पताल (धागो कारखाना) तथा योगिकुटीस्थित एन्फा एकेडमीमा रहेको आइसोलेशन सेन्टरमा बुटवल चौतारीले कोरोना विशेष अस्पतालमा ७ थान स्ट्यान्ड फयान र एन्फा एकेडमीमा १० थान एलेक्ट्रीक केट्ली, १० थान बाल्टी तथा जग सहयोग गरेको हो । 

दिपक पन्थी र महेश पन्थीको समन्वय सहयोग रहेको लायन्स क्लब अफ बुटवल चौतारीले अध्यक्ष एकदेव बस्यालले बताए । डिजी शम्भु नकर्मी, एरिया चिफ सन्दिप कशौधन, एरिया टेजर लुकराज न्यौपाने, जोनचेयरपर्सन माधव खनाल, सचिव रमेश ज्ञवाली, उपाध्यक्ष सुर्य बश्याल, निर्वमान अध्यक्ष टेकराज न्यौपानेले लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भटराईलाई सामग्री हस्तान्तरण गरेका थिए । 

त्यसै गरी लायन्स क्लब अफ बुटवल देउरालीले एन्फा एकेडेमीको आइसोलेसन सेन्टरलाई ३० थान योगा मेट हस्तान्तरण गरेको छ । जोन चेयरपर्सन गणेश भट्टराई, क्लबका अध्यक्ष रमेश प्रसाद पाण्डे, सचिव विष्णु अधिकारीले योगगुरु विष्णुहरि आचार्यलाई सामग्री हस्तान्तरण गरेका थिए । कोरोना संक्रमण देखिएका व्यक्तिलाई नियमित योगअभ्यासबाट फाइदा मिलेको योगगुरु विष्णुहरि आचार्यले बताए ।