images

सोमवार, बैशाख १७ गते २०८१

तिलोत्तमामा आइसोलेशन सेन्टर तयारी अवस्थामा

तिलोत्तमामा आइसोलेशन सेन्टर तयारी अवस्थामा

images
images
images
आइतवार, बैशाख १२ २०७८
आइतवार, बैशाख १२ २०७८
  • तिलोत्तमामा आइसोलेशन सेन्टर तयारी अवस्थामा

    तिलोत्तमा, १२ वैशाख ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा निर्माण गरेको आइसोलेशन सेन्टरलाई तयारी अवस्थामा राखेको छ । गत वर्षको कोरोना महामारीको समयमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा आवश्यक उपकरणहरु व्यवस्थापन गरेर तयारी अवस्थामा राखिएको नगरपालिकाका कोरोना फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए ।

    कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत तिलोत्तमा नगरपालिकाले शंकरनगर स्वास्थ्यचौकीमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नम्बर २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेशन सेन्टरको रुपमा तयार गरिएको उनले जानकारी दिए ।

    बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा तिलोत्तमा नगरपालिकाले गत वर्ष आइसोलेशन सेन्टर निर्माण गरेको थियो । कोरोना महामारीको पहिलो लहरमा यहाँ बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालले पठाएका बिरामीलाई समेत राखिएको थियो । २० शैयाको सेन्टरमा एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको जनस्वास्थ्य निरीक्षक भट्टराईले जानकारी दिए । सेन्टरमा आइसीयु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ ।

    केन्द्रमा बिरामीको २४ सै घण्टा सेवा दिने गरी स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ । कोरोना महामारीबाट नगरबासीलाई बचाउन नगरपालिकाले गत वर्षदेखि नै आफ्नै स्रोतमा चिकित्सक तथा स्टाफ नर्स नियुक्त गरेको थियो । बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै पनि ठाउँका बिरामीलाई समेत सेन्टरमा राखेर उपचार गरिने छ ।

    पछिल्लो तथ्यांक अनुसार कोरोनाको दोस्रो लहर चल्दै गर्दा तिलोत्तमा नगरपालिकामा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । शनिबारसम्मको तथ्यांक अनुसार नगर क्षेत्रमा १५३ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार मात्र तिलोत्तमामा नयाँ ३५ जना संक्रमित थपिएको स्वास्थ्य शाखाले जनाएको छ ।

    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij