२०८२, मंसिर ५ गते

Nov 21 2025 | २०८२, मंसिर ५ गते

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रवार , मंसिर ५, २०८२

  • 481
    Shares
  • 481
    Shares
  • भैरहवा, ५ मंसिर । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको मर्चवारी गाउँपालिका–५ स्थित बनियाडिहा बस्ने २१ वर्षिय दिलिप गौड रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

    प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार परिवर्तित नाम भैरहवा ३४ (२०८१।०८२) लाई २०८१ साल मंसिर ९ गते जबरजस्ती करणी गरी फरार गौडलाई बुधबार पक्राउ गरिएको हो ।

    इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले गौडलाई मर्चवार गाउँपालिका–३ स्थित सुअरहवाबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...