images

सोमवार, बैशाख १७ गते २०८१

एक सय बेड बनाउने योजनामा सिद्धबाबा हस्पिटल

एक सय बेड बनाउने योजनामा सिद्धबाबा हस्पिटल

images
images
images
आइतवार, बैशाख १२ २०७८
आइतवार, बैशाख १२ २०७८
  • एक सय बेड बनाउने योजनामा सिद्धबाबा हस्पिटल

    बुटवल, १२ वैशाख ।
    सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले सेवा स्तरोन्नति गर्ने तयारीमा रहेको छ । आइतबार अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी स्थापनाको चौथो वर्ष प्रवेशसंगै आगामी योजनाबारे जानकारी दिएको हो ।

    images

    अस्पतालका अध्यक्ष तथा मृगौलारोग विशेषज्ञ डा. शक्ति बस्नेतले कोभिड–१९ का कारण स्थापना दिवसलाई सामान्य कार्यक्रम गरी मनाइएको बताए । युवा विशेषज्ञ चिकित्सकहरुको समुहबाट २४ शैया दर्ता भएर सेवा शुभारम्भ गरेको उनले बताए । एक सय बेड स्तरीकरणको सोच रहेको उनले बताए । सेवा बिस्तारका लागि पहल गरेको भए पनि त्यसमा धेरै चुनौतिहरु रहेको उनले बताए । 

    अस्पतालबाट मृगौला, दम तथा छाती, महिला तथा स्त्री रोग, दन्त, न्यूरो सर्जरी, नाक कान घाँटी, छाला रोग, युरोलोजी मुत्र रोग, पेट तथा कलेजो, लगायतको विशेषज्ञ सेवा दिदै आएको उनले बताए । डेढ वर्षको अवधिमा सेवाहरु थप गरेको उनले बताए । अस्पतालमा नियमित ५ वटा हेमोडाईलोसिसन मेशिनबाट सेवा दिइरहेको उनले बताए । अस्पतालमा ९ बेडको आईसियु सेवा रहेको छ । मुटुको ईको, हल्टर, फोक्सो सम्बन्धि जाँच, नशा सम्बन्धि समेत जाचहरु हुने उनले बताए । स्थापनाको ३ वर्षको समयमा ४१ हजार २ सय ७७ जना विरामीहरुले ओपिडी सेवा लिएको उनले बताए । त्यसै गरी ईमेरजेन्सिबाट ३ हजार ७ सय ९० जनाले सेवा लिएको छ । अस्पतालले २ सय ६० वटा सर्जरी, ३८ वटा गाईनो, ३१ अर्थो, १२ न्युरोका मेजर सर्जरी तथा ४ सय ३५ सर्जरी, ४३ गाईनो, ३० अर्थो, ४ वटा न्युरोका माईनर सर्जरी गरिएको उनले बताए । यसअघि चितवन, काठमाडौं जानुपर्ने विरामीहरुको बाध्यता कम गर्न सफल भएको उनले दाबी गरे। रुपन्देही, रोल्पा, पाल्पा, बाग्लुङ, नवलपरासी, दाङ, प्युठान, गुल्मी, अर्घाखाँचीबाट समेत विरामीहरुले सेवा लिएको उनले बताए।

    कोभिड–१९ को पहिलो लहरमा विशेषज्ञ सेवा दिएको अस्पतालले दोस्रो लहरमा पनि सेवा दिने तयारी रहेको उनले बताए । अस्पतालले २४ घण्टा आईसियु, सिसियु, ईमेरजेन्सी सेवा, डाईलोसिस तथा अत्याधुनिक उपकरणहरुबाट ल्याब, प्याथोलोजी, फार्मेसी सेवा दिदै आएको उनले बताए । सेवासंगै विकट क्षेत्रहरुमा निःशुल्क स्वास्थ्य सेवा र जनचेतना कार्यक्रम समेत गरेको उनले बताए । 

    कार्यक्रममा अस्पतालका निर्देशक डा. दिपेश प्रधानले युवा चिकित्सकहरु र परिवारबाट १० करोड लगानीमा सुरु गरिएको बताए । अस्पताल स्तरीकरण गरी एक सय बेडमा लैजान ५० करोड आवश्यक हुने र त्यसको तयारी रहेको उनले बताए । पहिलो एक वर्ष निःशुल्क परीक्षणको सेवा दिएको र त्यसपछि एक सय रुपैयाँ टिकटमा विशेषज्ञ परीक्षण शुल्क कायम गरिएको उनले बताए । पछिल्लो समय २ सय रुपैयाँमा विशेषज्ञ सेवा दिएको उनले बताए । 

    कार्यक्रममा डा. यमनचन्द्र प्रधान, अस्पतालका व्यवस्थापक प्रकाश न्यौपानेले चिकित्सकहरुको समुहबाट पेशा भन्दा माथि रहेर मानवीय सेवामा योगदान दिएको बताए । अस्पतालमा ९५ जना चिकित्सक र कमर्चारीबाट सेवा दिइरहेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij