images

सोमवार, बैशाख १७ गते २०८१

बाँकेमा कोरोना कहर अनियन्त्रित बन्दै, २४ घण्टामा ४ जनाको मृत्यु

बाँकेमा कोरोना कहर अनियन्त्रित बन्दै, २४ घण्टामा ४ जनाको मृत्यु

एक जनाले गरे आत्महत्या

images
images
images
आइतवार, बैशाख १२ २०७८
आइतवार, बैशाख १२ २०७८
  • बाँकेमा कोरोना कहर अनियन्त्रित बन्दै, २४ घण्टामा ४ जनाको मृत्यु

    बुटवल, १२ वैशाख । लुम्बिनी प्रदेशको बाँके जिल्लामा कोरोना कहर अनियन्त्रित बन्दै गएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यू भएको छ भने तीमध्ये एक जना संक्रमितले आत्महत्या नै गरेका छन् । 

    images

    प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा २ जना र मेडिकल कलेज कोहलपुरमा १ जनाको उपचारको क्रममा मृत्यु भएको हो भने होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका हुन् ।

    कोहलपुर–९ बाँकेका ६० वर्षिय संक्रमित बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका हुन् । कोरोना संक्रमणपछि होम आइसोलेशनमा बस्दै आएका खत्रीले शनिबार सांझ ६ः४५ बजे आत्महत्या गरेको बाँकेका कोरोना फोकलपर्सन तेजबहादुर ओलीले जानकारी दिए । ओलीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो । २०७८ वैशाख ३ गते मेडिकल कलेज कोहलपुरमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

    त्यसै गरी कोहलपुर नगरपालिका १० बाँकेकी ३६ वर्षिय महिलाको आज विहान साढे २ बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । यही वैशाख १० गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

    त्यसै गरी बाँकेको खजुरा गाउपालिका–३ बस्ने ४७ वर्षिय महिलाको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । यही वैशाख १ गते अस्पताल भर्ना भएकी उनको गएराति साढे १० बजे मृत्यु भएको हो ।

    भेरी अस्पतालमै नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ६० वर्षिय पुरुषको मृत्यु भएको छ । उनको शनिबार राति साढे १० बजे मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन उनी अस्पताल भर्ना भएका थिए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij