२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

पहिलोपटक माईक समातेको बताउने मदनले सुनाए सफलताको कथा

शनिवार , मंसिर ६, २०८२

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, ६ मंसिर । रुपन्देहीको भैरहवामा सञ्चालित कुसल ब्राण्डका सञ्चालक उद्यमी मदन पाण्डेले आफ्नो सफलताको कथा सुनाउनुभएको छ । पहिलोपटक माइकमा बोलेको बताउने पाण्डेले एक तालिम कार्यक्रममा ‘मेरो कर्म, मेरो खुशी’ विषय अन्तर्गत आफ्नो अनुभव साझा गर्नुभएको हो ।

    कुनै बेला भारतको नागालेंडमा सामान्य नोकरी गर्ने पाण्डेले अहिले १ सय जनालाई रोजगारी दिनुभएको छ । ३ दाजुभाईहरुको एकता र कामप्रतिको इमान्दारिताले आफूलाई सफलता मिलेको बताउँदै उहाँले कुशल ब्राण्डका दर्जनौ खाजाहरु नेपालका ७७ जिल्लामा नै  ग्राहकहरुले मन पराउने बताउनुभयो । ‘शुन्यबाट सुरु गरेका हौ । आफ्नो उत्पादनको गुणस्तरमा कहिल्यै सम्झौता गरेनौ । त्यसै कारण ग्राहकको मन जित्न सफल भयौ’ उहाँले भन्नुभयो–‘परिवारका हामि सबै मिलेर काम गर्यो र अहिले पनि गर्छौं ।’

    लिडरसीप स्किल्स डेभ्लोप्मेंट ट्रेनिङ (एलएसडीटी) को १८० अांै श्रृंखलाका प्रमुख अतिथि समेत रहनुभएका उद्यमी पाण्डेले एलएसडीटीले माइक समातेर उपस्थितिको अगाडि बोल्न उत्प्रेरित गरेको भन्दै एलएसडीटीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    पाण्डेको प्रस्तुतिमा विभिन्न वक्ताले जिज्ञासा समेत राखेका थिए । तालिमका प्रशिक्षार्थीहरु  सिमा पाण्डे, एलएसडीटीका आजीवन सदस्य एवं शैक्षिक परामर्शदाता गोबिन्द अधिकारी, एलएसडीटी व्यवस्थापन समितिका सदस्य एवं व्यवसायी मदन पौडेल र एलएसडीटी सचिवालय प्रमुख एवं व्यवसायी विरेन्द्र ज्ञवाली, एलएसडीटि संस्थापक सदस्य गोपाल भण्डारी  लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 

    कार्यक्रममा मदन पाण्डेको पत्नी गोमा पाण्डे र भाइ उत्तम पाण्डेले पनि आफ्नो अनुभव साझा गर्नुभएको थियो । एलएसडीटि युथका संयोजक विधार्थी  प्रशान्त ज्ञवालीको स्वागत, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य प्रकाश रेग्मीको धन्यवाद ज्ञापन तथा एलएसडीटी आजीवन सदस्य एवं व्यवसायी रमेश बरईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिमको प्रारम्भमा ब्रह्मकुमारी दिदी आकृतिले ध्यान गराउनुभएको थियो ।

    WhatsApp Image 2025-11-22 at 5.07.42 PM (1).jpeg

    कार्यक्रमको प्रारम्भिक सहजीकरण एलएसडीटीका आजीवन सदस्य तथा बैंकर मनिष तामाङले गर्नुभएको थियो । एलएसडीटीको मुख्य प्रशिक्षक तथा प्रस्तोता विजय पाण्डे हुनुहुन्छ । यो तालिम निःशुल्क सञ्चालन हुने गरेको र इच्छुकले स्वेच्छिक रुपमा योगदान दिन सक्ने तामाङले बताउनुभयो ।  कार्यक्रम हरेक शनिबार भैरहवास्थित एसियन बुद्ध होटलमा सञ्चालन हुन्छ । तालिमको प्रारम्भ अनिवार्य ध्यानबाट हुने आयोजकले जनाएका छन् ।