२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

बाँकेमा कोरोनाबाट थप ३ जनाको मृत्यु 

आइतवार , बैशाख १२, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • बाके। बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगन्ज र नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत तीन जनाको मृत्यु भएको हो। 

    मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का ४१ वर्षीय पुरुष, बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ का ५६ वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १३ का ५७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए। 

    यो संगै कोरोना संक्रमणबाट बाँकेका ८५ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १ सय ३ जनाको मृत्यु भएको छ।