२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

मयुर सहकारीको आयोजनामा रक्तदान

आइतवार , मंसिर ७, २०८२

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, ७ मंसिर । मयुर बचत तथा ऋण सहकारी संस्था, सिद्धार्थनगर भैरहवाले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २६ यूनिट संकलन भएको आयोजकले जनाएका छन् ।

    कार्यक्रममा प्रमुख अतिथि रेडक्रस सोसाइटी, रुपन्देहीका उपसभापति तथा रक्त सञ्चार सेवा समिति, रुपन्देहीका संयोजक, युवा समाजसेवी सुशील गुरुङ्गले सहकारी संस्थाहरु छरिएर रहेको बचतलाई उत्पादकत्वमा योगदान दिएर राष्ट्र निर्माणमा नै टेवा पुर्याएको बताउनुभयो । उहाँले अब रक्तदान जस्तो पवित्र कार्यलाई निरन्तरता दिइ रगतको अभाव हुन नदिन बिरामीको ज्यान जोगाउने कार्यमा पनि अग्रसर हुनुपर्ने बताउनुभयो ।

    संस्थाका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिका–३ का निवर्तमान वडाअध्यक्ष थानेश्वर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खिम बहादुर खत्री, संस्थाका संस्थापक अध्यक्ष कृष्ण प्रसाद भण्डारी, निवर्तमान अध्यक्ष दीपक कुँवर, लेखा संयोजक गणेश प्रसाद बेल्बासे, राजकुमार कुँवर, व्यवस्थापक मन्जु पाण्डे लगायतको उपस्थिति थियो । 

    सहकारीका उपाध्यक्ष लेखनाथ भण्डारीकोे स्वागत तथा सचिव सविना अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।